१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार ११:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:४o:oo

जंगल सफारी भन्नेबित्तिकै नेपाल आउने पर्यटकहरू बर्दिया, चितवन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई सम्झिन्छन् । विशेषगरी, जिप तथा हात्ती सफारीका लागि यी तीन गन्तव्य लोकप्रिय छन् । यहाँ सफारीका लागि स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गर्छन् । सफारी गर्नुअघि यस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ :

सजिलो कपडा 
जंगल सफारीका लागि निस्कने हो भने त्यस स्थानको मौसमबारे जनकारी लिनुपर्छ । त्यसपछि सोही मौसमसुहाउँदो पोसाक छनोट गर्नुपर्छ । रातो, सेतो, पहेँलोजस्ता चहकिलो रङ भएको कपडा नलगाउँदा राम्रो । कालो, हरियो, निलो रङको कपडा छनोट गर्नुपर्छ । सकेसम्म फेसनेवल लुगाभन्दा पनि मौसम र शरीरसुहाउँदो सजिलो पोसाक लगाउनुपर्छ । फुल बाउला भएको कपडा लगाउनुपर्छ । 

जथाभावी फोहोर नफालौँ 
जंगल सफारीका दौरान वन्यजन्तुको नजिकै पुगेका हुन्छौँ । जंगल सफारीका दौरान पर्यावरण र वन्यजन्तुको स्वास्थ्यमा प्रतिकूल असर गर्ने कुनै पनि गतिविधि गर्नुहुँदैन । लाइटरजस्ता आगोजन्य वस्तु लैजानुहुँदैन । खानेकुरा बोकेको प्लास्टिकको झोला, पानीको बोटललगायतको व्यवस्थापन गर्नुपर्छ, जथाभावी फाल्नुहुँदैन । 

सफारी गाइडको निर्देशन पालना गरौँ 
जंगल सफारीमा निस्कँदा विनागाइड निस्कने जोखिम मोल्नुहुँदैन । किनभने, हामी वन्यजन्तुको वासस्थानमा निस्केका हुन्छौँ । त्यसैले अनुभवी गाइडको निर्देशनअनुसार सफारी गर्नुपर्छ । सफारी गाइडको निर्देशन अनिवार्य पालना गर्नुपर्छ । होहल्ला गर्नुहुँदैन, जंगली जनावर मान्छेको आवाज सुनेर तर्सेर भाग्छन् । 

फोटो खिच्दा नजिक नजाने 
जंगलमा सफारीमा जाँदा क्यामेरा बोक्नु राम्रो हुन्छ । कुनै पनि वेला जनावर भेटिन सक्छन् । सफारीमा रमणीय दृश्य देखा पर्छ । तर, फोटो खिच्दा क्यामेराको फ्ल्यास अफ गर्नुपर्छ । फ्ल्यास अन गर्दा जनावरलाई डिस्टर्ब हुन्छ । जनावरको एकदम नजिक जानुहुँदैन । गाइडको निर्देशनअनुसार निश्चित दूरी कायम राखेर फोटो खिच्नुपर्छ । 

ad
ad