१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १७:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेशमा लोसपाले मनायाे ‘कालो दिन’

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १७:१९:oo

देशभर संविधान दिवस मनाइरहेका बेला मधेसका जिल्लामा भने लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले विरोध प्रदर्शन गरेको छ। सप्तरीसहित सिरहा, धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लामा लोसपाले संविधानको विरोधमा प्रदर्शन गरेको हो। 

विरोध कार्यक्रममा सहभागी भएका लोसपा नेता दिपेन्द्र चौधरीले संविधानमा रहेका त्रुटिपूर्ण प्रावधानहरु संशोधन नगरेसम्म संविधानलाई नस्वीकार्ने तथा असोज ३ गतेलाई कालो दिनको रुपमा मनाइरहने बताए। 

उनले संविधान संशोधन गर्नुपर्ने, झुठा मुद्दाहरु खारेज गर्नुपर्ने, मधेसीलाई प्रताडित गर्ने काम बन्द गर्नुपर्ने लगायतका माग आफूहरुको रहेको बताउँदै यी मागहरु पूरा नभएसम्म असोज ३ लाई कालो दिनकै रुपमा प्रत्येक वर्ष मनाउँदै रहने समेत बताए।

‘मधेस आन्दोलनको जुन लक्ष्य थियौं त्यसलाई हामीले कहिले बिर्सेका छैन लोसपा नेता रामजी यादवले भने आजैको दिन संविधान जारी भएको थियो,’ उनले भने, ‘जतिबेला संविधान जारी हुँदै थियो मधेस पुरै अन्धकार थियो भने काठमाडौमा दिपावली मनाउँदै थियो संविधान विरोधमा उत्रेका मधेस आन्दोलनका वीर योद्धामाथि गोली चलाएर जारी गरेको संविधान हो यो। त्यसैले आजको दिनलाई हामीले कहिले बिर्सन सक्दैनौँ।’ 

२०७२ मा जारी संविधानले पहिचानसहितको संघीयता हुन नदिएको भन्दै संविधान दिवसलाई प्रतेक वर्ष लोसपाले कालो दिवसको रुपमा मनाउँदै आएको छ। सरकार र संविधानविरुद्ध चर्को नारा लगाउँदै प्रदर्शनकारीले राज्यले उपेक्षा गरे देश द्वन्द्वमा जान सक्ने चेतावनी दिए। 

नेपालको इतिहाससँग जोडिएको मधेसी, थारु, आदिवासी, जनजातीको पहिचानको सम्मान सरकारले गर्नुपर्ने उनीहरुको माग थियो।