१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३ बुधबार
  • Friday, 09 May, 2025
२o८o असोज ३ बुधबार १३:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङ ज्यामरुङमा वृद्ध मृत भेटिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ३ बुधबार १३:oo:oo

धादिङको नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङ कालीमाटी खोलामा एकजना वृद्ध मृत अवस्थामा भेटिएका छन्।

नीलकण्ठ नगरपालिका- १० का ६१ वर्षीय यमबहादुर खनाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। 

डिएसपी जैसवारका अनुसार परिवारमा कसैलाई पनि जानकारी नदिई खनाल मंगलबार घरबाट निस्किएका थिए।  

आफन्तले खोजतलास गर्ने क्रममा बुधबार ज्यामरुङ कालीमाटी खोलामा खनाल मृत अवस्थामा फेला परेकाे डिएसपी जैसवारले बताए। घटनाबारे अनुसन्धान भइरहेको छ।