
राकुटेन भाइबरले नेपालमा इन–एप टिकट बुकिङ सुविधा सुरु गरेको छ । कम्पनीले नेपालको पर्यटन उद्योगप्रति आफ्नो प्रतिबद्धतालाई पुनः प्रमाणित गर्दै यो सुविधा सुरु गरेको हो ।
अन्तरिक यात्रालाई सहयोग र सशक्तीकरण गर्ने निरन्तरको प्रयासस्वरूप भाइबरले सस्तो टिकट्ससँग मिलेर एउटा सिर्जनात्मक च्याटबटको सुरुवात गरेको जनाइएको छ । यसले नेपाली र अन्तर्राष्ट्रिय यात्रुहरूले देशको अन्वेषण गर्ने तरिकामा क्रान्ति ल्याउने कम्पनीको दाबी छ ।
भाइबरको ट्राभल एजेन्सीसँगको सहकार्यले सस्तो टिकट्स च्याटबटमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि उडान बुकिङ सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ । यो प्लेटफर्मले लागत प्रभावी उडान विकल्पहरू प्रदान गर्नुका साथै अन्य धेरै आकर्षक लाभका अफर ल्याएको जनाएको छ ।
जसअनुसार बम्पर अफरमा उडान र आवासको पूर्ण सुविधासहित दुईजनाका लागि थाइल्यान्डको यात्रा, १५ जोडी यात्रुलाई दुईतर्फी उडान टिकट, पोखराका होटेलहरूमा १५ प्रतिशत छुट, पाँचजना यात्रुलाई माउन्टेन फ्लाइटजस्ता अफर रहेको जनाइएको छ । सस्तो टिकट्सका संस्थापक अध्यक्ष तथा सिइओ सम्राट दाहालले राकुटेन भाइबरसँगको सहकार्यले प्रयोगकर्ताका लागि अतुलनीय यात्रा अवसरहरू ल्याएको बताए ।
राकुटेन भाइबरका लागि एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले आफ्नो योजना सधैँ प्रयोगकर्ताको अनुभव बढाउनु रहेको र सस्तो टिकट्ससँगको साझेदारीले स्थानीय पर्यटनलाई साथ दिँदै लक्ष्यप्रतिको समर्पणलाई अझ सशक्त बनाउने वताए ।