१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २ मंगलबार
  • Friday, 09 May, 2025
२o८o असोज २ मंगलबार १o:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दैलेखको महावुमा चट्याङ लागेर १६ वर्षीय बालकको मृत्यु, ८ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार १o:५६:oo

दैलेखको महावु गाउँपालिका वडा नंं ३ एक्ले सल्लोमा तीजको दिन सोमवार साँझ चट्याङ लागेर १६ वर्षीय बालक किशोर दाहालको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । महावु गाउँपालिकाको महावै मन्दिरमा तीजको मेला हेरेर फर्कने क्रममा एक्ले सल्लो भन्ने स्थानमा चट्याङ परेको थियो ।

सल्लोको रुख मुनी बसेका बालक बेहोस भएका थिए । उनको थप उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेखमा राति ८ बजे ल्याइएको थियो । उनको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ । 

चट्याङ लागेर ५५ वर्षीय लालबहादुर विष्टको अवस्था चिन्ताजनक रहेकाले उनलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ । चट्याङ लागेर १२ वर्षीय आसिक विष्ट, १५ वर्षीया किरक्षा विष्ट, १६ वर्षीय भरत नेपाली, १४ वर्षीय हर्क नेपाली, १२ वर्षीय सन्दीप बुढा, ३२ बर्षे वर्षीय नगेन्द्र विष्ट घाइते भएका छन् । सबै घाइतेको स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार भइरहेको छ ।