१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २ मंगलबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज २ मंगलबार o६:o१:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : सफलताको सूत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार o६:o१:oo

एक बालकले पितासित प्रश्न गरे– बाबा, यो सफल जीवन भनेको के हो ? कस्तो जीवन सफल हुन्छ ? पुत्रको प्रश्नले पिता गम्भीर बने । एकैछिन सोचेर उनले एउटा चंगा र लट्टाई साथमा लिएर पुत्रलाई एउटा चौरमा लगे । चौरमा पुगेपछि पिताले चंगा उडाउन सुरु गरे । एकैछिनमा चंगा निकै माथि पुग्यो । 

उडिरहेको चंगा चुपचाप हेरिरहेका पुत्रले पितासित भने– बाबा, यो धागोले गर्दा चंगा धेरै माथि जान सकेन । धागो चुँडालिदिऊँ न ! सायद धागो चुँडालिदिएपछि यो धेरै माथि पुग्छ होला । पिताले पुत्रको चाहनाअनुरूप चंगाको धागो चुँडालिदिए । धागो चुँडिएपछि चंगा केहीबेर हावामा लहरायो र भुइँमा खस्यो ।

यो देखेर पुत्र छक्क परे । पिताले उनलाई जीवन दर्शन सम्झाउँदै भने– बाबु, जिन्दगीमा हामी पनि यो चंगाजसरी नै सफलताको उच्च श्रेणीमा पुग्न सक्छौँ । त्यहाँ पुगेपछि हामीलाई लाग्न थाल्छ कि कुनै न कुनै बन्धनले आफूलाई माथि जानबाट रोकिरहेको छ । जस्तो कि घर, परिवार, अनुशासन, माता, पिता, आफन्त, साथीसंगी आदि । थप सफलताको बिन्दुमा पुग्न हामी यी सबको बन्धन चुँडालेर स्वतन्त्र हुन खोज्छौँ । 

वास्तवमा त्यो बन्धन नै हाम्रो जीवनको त्यो धागो हो, जसले हामीलाई जतिसुकै उचाइमा पुगे पनि सन्तुलन कायम राख्न सघाइरहेको हुन्छ । तर, जब हामीलाई लाग्न थाल्छ कि यो सब बन्धन चँुडालेर म अझै माथि पुग्न सक्छु, त्यतिखेर हाम्रो हविगत पनि यही चंगाको जस्तै हुनेछ । त्यसैले, तिमी जीवनमा जतिसुकै सफल भए पनि यो धागोसितको नाता कहिल्यै चुँडिन नदिनू ।