मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज १ सोमबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १ सोमबार १६:१३:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

बाह्रखरी कथालेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १ सोमबार १६:१३:oo

पाँचौँ ‘डिसहोम बाह्रखरी कथालेखन प्रतियोगिता– २०८०’ लागि कथा आह्वान गरिएको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको नयाँ संस्करणको घोषणासँगै कथा आह्वान गरेको हो।

नेपालको कथालेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा आउँदो असोज ३० गतेसम्म 2kharibooks@gmail.com मा इमेल गरेर कथा पठाउन सकिनेछ। संसारभरिबाट नेपाली भाषामा कथा पठाउन सकिने आयोजकले जनाएको छ।

प्राप्त हुने सबै कथालाई पहिलो चरणमा आन्तरिक समूहले छाँट्नेछ। आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ। तीमध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीयका साथै ‘उत्कृष्ट कथा, २०८०’ पुस्तकका लागि थप २२ कथा छानेर पठाउनेछ। निर्णायक समूहको निर्णय नै अन्तिम मानिने आयोजकले उल्लेख गरेको छ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ।

आयोजकका अनुसार संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ। कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्ने बताइएको छ।