Skip This
सडक र फुटपाथको संवाद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १ सोमबार
  • Saturday, 27 July, 2024
२o८o असोज १ सोमबार o६:o८:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

सडक र फुटपाथको संवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १ सोमबार o६:o८:oo

एउटा फराकिलो सडकको छेउमा सानो फुटपाथ थियो । सडकले फुटपाथसित प्रश्न गर्‍यो– ए फुटपाथ भाइ ! यति फराकिलो म हुँदाहुँदै तिम्रो अस्तित्व बेकारजस्तो लाग्यो मलाई त । बेकार तिमी मेरो दायाँ–बायाँ गर्दै यताउता जाल बिछ्याइरहेजस्ता देखिन्छौ । 

फुटपाथले नम्रतापूर्वक भन्यो– खै, मलाई त केही पनि थाहा भएन । तिमी हुँदाहुँदै पनि मानिसहरू मैमाथि किन हिँडिरहेका छन् ! मैले त बुझ्नै सकेको छैन । एकपछि अर्को, फेरि अर्को, अनि फेरि अर्को गर्दै मानिसहरू मैमाथि हिँडिरहे । त्यसैले, अनायासै मेरो जन्म भयो । 

सडकले गर्वसाथ फेरि भन्यो– मलाई त मानिसले निकै कठोर मिहिनेतसाथ बनाएका हुन् । म त अनेकौँ सहर र गाउँलाई एक–आपसमा जोड्दै अघि बढ्ने गरेको छु । फुटपाथले आश्चर्यपूर्वक सोध्यो– साँच्चै ? म त यति सानो छु । मलाई त के थाहा र ?  

उनीहरूबीच संवाद हुँदै थियो । अचानक एक विशाल बस घरघराउँदै सडकमा रोकियो । अगाडि एउटा सुक्खा खोलामाथि ससानो पुल थियो । पुलको एक छेउमा बोर्ड लागेको थियो– सावधान ! पुल कमजोर छ ! बसमा खाँदाखाँद यात्रु थिए । यात्रु गाडीबाट ओर्लिए र फटाफट फुटपाथ हुँदै खोलापारि पुगे । फुटपाथ साँघुरो, साँघुरो हुँदै खोलाको छेउबाट अघि बढेर पुलपारि पुगेपछि पुनः सोही सडकसित जोडिन्थ्यो । यात्रु उत्रेपछि बस बिस्तारै पुलबाट पारि पुग्यो र पुनः यात्रुलाई बोकेर अघि बढ्यो । 

यो सब हेरिरहेको सडकले एक गहिरो निःश्वास छोड्यो र भन्यो– ठिक छ फुटपाथ भाइ ! समय क्रममा हरेक सानोभन्दा सानो वस्तु पनि विशेष मूल्यवान् ठहरिन सक्छ भन्ने मैले बल्ल बुझेँ ।