१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
तस्बिर : एपी
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सिराज चम्किएपछि श्रीलंका ५० रनमै समेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२९:oo

मोहम्मद सिराजको उत्कृष्ट खेल प्रदर्शनप्रेरित भारतले एसिसी एसिया कपको फाइनलमा श्रीलंकालाई ५० रनमै रोकेको छ। टस जितेर ब्याटिङ गरेको श्रीलंकाले खराब प्रदर्शन गर्दै १५.२ ओभरमा अलआउट हुँदै मात्र ५० रन बनाएको हो। 

तीव्रगतिका बलर सिराज र हार्दिक पांड्या चम्किएपछि श्रीलंका सस्तैमा समेटिएको छ। सात ओभर बलिङ गरेका सिराजले २१ रन खर्चिएर ६ विकेट लिए। पांड्याले २.२ ओभरमा तीन रन खर्चिँदै तीन विकेट लिएका हुन्। 

ब्याटिङतर्फ घरेलु टोलीका कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए। दुसान हेमन्था १३ रनमा अविजित रहे। 

सिराजले चौथो ओभरमा चार विकेट लिएपछि भारत उत्कृष्ट लयमा देखिएको थियो।  

कोलम्बोस्थित आर प्रेमादाशा क्रिकेट रंगशालमा श्रीलंकाले चौथो ओभरमा पथुम निसन्का, सदिरा समाराविक्रम, चरिथा असलंका र धनञ्जय डी सिल्भालाई गुमाएको थियो।

मोहम्मद सिराजले ओभरको पहिलो बलमा निसन्कालाई व्यक्तिगत दुई रनमा रवीन्द्र जडेजाबाट क्याच गराएका थिए। तेस्रो बलमा सामाराविक्रम एलबिडब्लु हुन पुगे। चौथो बलमा असलंका ईशान किसनबाट क्याचआउट भएका थिए। ओभरको अन्तिम बलमा डी सिल्भा व्यक्तिगत चार रन बनाउँदा विकेट किपर केएल राहुलबाट क्याच भएका हुन्। 

यसअघि पहिलो ओभरको तेस्रो बलमा जस्प्रित बुमराहले कुशल परेरालाई राहुलबाट क्याच गराएका थिए। 

भारत आठौँपटक एसिया कपको उपाधि जित्ने योजनामा छ।