१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३१ आइतबार
  • Saturday, 22 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ३१ आइतबार १७:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गर्दै सार्वजनिक लेखा समिति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ३१ आइतबार १७:४९:oo

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखासमितिले गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गर्ने भएको छ। समितिको आइतबारको बैठकमा सदस्यहरूको सुझावका आधारमा समितिले त्यस्ता बेरुजु फर्छ्यौटका सम्बन्धमा यसअघि दिएका निर्देशनको अवस्थाबारे सरकार र महालेखा परीक्षकको कार्यालयसँग सुझाव लिन लागेको छ।

मुलुकमा बेरुजु फछर्यौटसम्बन्धी समस्या सम्बोधन गर्न सबै मन्त्रालय र आयोगका लेखा अधिकृतलाई बोलाएर छलफलका आधारमा साझा धारणा बनाएर अघि बढ्ने समितिको निष्कर्ष छ।

बैठकले संघीय मन्त्रालय र आयोगको बेरुजु अध्ययन र विश्लेषण गर्न नौवटा विषयगत उपसमिति गठन गर्ने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए। २७ सदस्यीय लेखा समितिमा आठवटा तीनसदस्यीय र एउटा दुईसदस्यीय उपसमिति हुनेछ।

पोखरेलले भने, ‘यसअघि दिएका निर्देशनको परिपालना, प्रगतिको अवस्था र अब दिइने निर्देशन कार्यान्वयनमा देखिन सक्ने चुनौतीबारे महालेखा परीक्षक र मुख्यसचिव समितिले निकट भविष्यमै छलफल र अन्तर्क्रिया गर्ने कार्यसोच बनाएको छ।’ 
    
समितिले मुलुकमा रहेका सरकारी सवारीसाधनको विवरण र प्रयोगबारे सरोकारवाला निकायसँग पनि जानकारी माग्ने भएको छ। 

यसअघि बैठकमा सदस्य अमरेशकुमार सिंह, तेजुलाल चौधरी, योगेशकुमार भट्टराई, जनार्दन शर्मा, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी, गोकुलप्रसाद बाँस्कोटालगायतले समितिको पहिलो र मुख्य काम भनेकै बेरुजु फछर्यौटसम्बन्धी भएकाले त्यसमा ध्यानकेन्द्रित हुन आवश्यक रहेको बताएका थिए।

बैठकमा सवारीसाधनलगायत सरकारी खर्च बेपर्बाह ढंगबाट दुरुपयोग भएको, नयाँ सवारीसाधन आवश्यकताभन्दा सोखका रूपमा खरिद गर्ने गरिएको तथा गुठी र सरकारी जग्गाको दुरुपयोग रोक्न विशेष ध्यान पुर्‍याउनुपर्ने विषयले प्रवेश पाएको थियो।

सिंहदरबार परिसरमा कर्मचारीको संख्याभन्दा सवारीसाधनको संख्या बढिरहेको, समितिले लोकप्रियताभन्दा तथ्य र वास्तविकताका आधार निर्णय र निर्देशन दिनुपर्ने तथा लामो समयदेखि बेरुजु फछर्यौट कार्यान्वयनको प्रश्न उठेकाले साझा रणनीतिसहित अघि बढ्नुपर्ने बैठकमा सदस्यहरूले सुझाव प्रस्तुत गरे।

समितिले प्रत्येक वर्ष बेरुजु फछर्योटका लागि निर्देशन दिँदै जाने तथा बेरुजुको अंक घटनुको साटो बढ्दै जाने प्रवृत्तिलाई रोक्न विशेष ध्यान दिन आवश्यक रहेको समितिलाई सुझाव प्राप्त भएको थियो।
 
सदस्यहरूले बेरुजु फछर्यौटका लागि वार्षिक कार्ययोजना बनाएर काम गर्नुपर्ने तथा देशको सम्पूर्ण सम्पतिको अडिट गर्नुपर्ने सुझाव दिएका थिए। समितिले  अध्ययन, प्रमाण, प्रक्रिया र  कानुनी पाटोलाई पूरा गरेपछि मात्र आवश्यक निर्देशन दिने जानकारी दिँदै सभापति पोखरेलले भने, ‘महालेखा परीक्षकको ४४ देखि ६०औँ प्रतिवेदन अध्ययन गरी जिम्मेवारी पूरा गर्नुपर्ने हालको प्राथमिक विषय हो।’ रासस

ad
ad
ad
ad