१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
न्युयोर्क
२o८१ बैशाख २४ सोमबार o९:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

युक्रेनी र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता हुँदै

Read Time : < 1 मिनेट
न्युयोर्क
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:o१:oo

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता हुने भएको छ । दुई देशका राष्ट्रपतिबीच आगामी बिहीबार भेटवार्ता हुने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले जनाएको छ ।

भेटमा युक्रेनी राष्ट्रपतिले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवं सैन्य सहायताका लागि राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्नेछन् । आर्थिक सहायता प्राप्तिका निम्ति उनले अमेरिकी संसद्को पनि भ्रमण गर्ने बताइएको छ । 

बाइडेन प्रशासनले अमेरिकी संसद् कंग्रेसलाई युक्रेनका लागि २४ अर्ब डलर विनियोजन गर्न आग्रह गरेको छ । यो रकममा १३ अर्ब १० करोड अतिरिक्त सैन्य सहायता तथा आठ अर्ब ५० करोड मानवीय सहयोग समावेश छ । केही राजनीतिज्ञले यति धेरै रकम युक्रेनलाई दिन नहुने बताएका छन् ।

विशेषगरी रिपब्लिकन पार्टीका केही नेताले युक्रेनका जनरलहरूले युद्ध सञ्चालन गर्ने तरिकाको आलोचना पनि गरेका छन् । युक्रेनको सुस्त प्रगतिको पनि उनीहरूले आलोचना गर्दै आएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले गत साता युक्रेनको भ्रमण गरी ४१ अर्ब डलरभन्दा बढीको नयाँ सहायता प्याकेज घोषणा गरेका थिए । यो सहायतामा युरेनियम ट्यांक र गोलाबारुद पनि समावेश छ । यी घातक हतियार अमेरिकाले पठाएमा मस्कोले पनि प्रतिघातपूर्ण कदम चाल्न बाध्य हुने चेतावनी दिएको थियो ।

बाइडेन र जेलेन्स्की दुवैले यसै साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा पनि सहभागी हुने कार्यक्रम छ । महासभालाई सम्बोधन गर्ने तथा विश्वनेताहरूसँग भेटघाट गर्ने युक्रेनी नेताको योजना छ । 

ad
ad