१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पालाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:o७:oo

एन्फाको वर्तमान विवादलाई कसरी हेरिरहनुभएको छ ?
एन्फाभित्र यसरी विवाद देखिनुका पछाडि धेरै कारण छन् । मुख्य विवाद भनेको नेतृत्व विधानविपरीत चल्नु नै हो । नेतृत्वले बैठक नै गर्न नसक्ने, बैठक बोलाए पनि एजेन्डा नै थाहा नदिने जस्ता गतिविधि देखायो । विधानमा हुँदै नभएको अवैधानिक जुम साधारण सभा आयोजना गरेर नेतृत्वले गल्ती गरेको छ । नेतृत्वले नै एकपछि अर्को गल्ती गर्दै गएपछि संस्थामा विवाद जन्मिनु अनौठो होइन ।

नेपाली फुटबलको स्तर खस्किरहने र एन्फाको विवाद भने पटकपटक चर्किरहने अवस्था किन आउँछ ?
यसको मूल जिम्मेवारी नेतृत्वले लिनुपर्छ । मेरो कार्यकालमा डिभिजन लिगका तीनै चरण पूरा भएका थिए । अहिलेको नेतृत्वले त्यसलाई पूरा गर्न सकेको छैन । महिला लिग हुँदै भएन । फुटसलको लिग पनि हुन सकेको छैन । एन्फाका एकेडेमीहरू अस्तव्यस्त छन् । आर्थिक पारदर्शिता कत्ति पनि छैन । विधानविपरीत जुम साधारण सभा गरिसकेपछि नेतृत्वले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने थियो ।  

एन्फाको यस्तो विवादबिच नेपाली फुटबलको भविष्य कस्तो होला ? 
नेतृत्वको यस्तै रबैया रहिरहने भने नेपाली फुटबलको भविष्य थप नाजुक हुनेछ । अहिले ‘ग्रासरुट प्रोग्राम’ छैन । युवालक्षित कार्यक्रम छैन । राज्यबाट थप लगानी ल्याउन, नयाँ नयाँ थप प्रायोजक भित्र्याउन, थप भौतिक पूर्वाधार निर्माण गर्न नेतृत्वले चासो दिएको छैन । प्रतिभावान् खेलाडी दिनदिनै पलायन भइरहेका छन् । लिगहरू अस्तव्यस्त छन् । अनि कसरी नेपाली फुटबलको भविष्य उज्ज्वल होला त ? 

ad
ad