१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३० शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ ३० शनिबार १o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीनकुनेमा चारजनाकाे सामूहिक हत्यामा संलग्न चार आरोपित पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ३० शनिबार १o:oo:oo

हत्या भएका चारमध्ये तीनजना एकै परिवारका, हत्यामा संलग्न लागुऔषधको दुर्व्यसनी

काठमाडौँ महानगरपालिका वडा नं ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति चारजनाको सामूहिक हत्या भएको छ। हत्या गरिएका चारमध्ये तीनजना एकै परिवारका हुन्। हत्यामा संलग्न दीपेन्द्र राईले प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन्।

सामूहिक हत्यापछि प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका २८ वर्षीय दीपेन्द्र राई लागुऔषधको दुर्व्यसनी रहेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शुक्रबार बेलुका करिब १० बजे तीनकुनेस्थित दिव्य मिलमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र नवीन राईको हत्या भएको थियो। 

हत्या गरिएकामध्ये कुमार, अम्बिका र शुभद्रा एकै परिवारका सदस्य हुन्। नवीन भने मिलमा आउने–जाने गरिरहन्थे। उनका बुबा पहिले सोही मिलमा काम गर्थे। प्रहरीका अनुसार हत्यामा २८ वर्षीय दीपेन्द्र राईसहित अन्य पनि संलग्न छन्। उनीहरू सबै लागुऔषधको दुर्व्यसनी रहेको प्रहरीको भनाइ छ। जसमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। हत्या गर्नुअघि उनीहरू तीनकुनेकै स्नुकर हाउसमा भेट भएका थिए। स्नुकर खेलेपछि उनीहरू मिल प्रवेश गरेका थिए। 

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले घटनामा संलग्न थप तीनजना पक्राउ परेको बताए। उनले भने, ‘मिलमा सामूहिक हत्या गरिएको देखिन्छ। जसमध्ये दीपेन्द्र राई पक्राउ परेका छन्। उनीहरूसँगै अन्य तीनजनालाई पनि पक्राउ गरिएको छ। उनीहरूविरुद्ध अनुसन्धान सुरु भएको छ। के र कुन कारणले हत्या गरिएको हो अनुसन्धानपछि खुल्ला।’

प्रहरीका अनुसार हत्यामा संलग्न दीपेन्द्र मृतक नवीनको काकाको छोरा हुन्। हत्या गरिएका कुमार विगत १५ वर्षदेखि उक्त मिलमा कार्यरत थिए।