१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Friday, 09 May, 2025
अजित अधिकारी काठमाडौं
२o८o भदौ २९ शुक्रबार २१:३५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पेट्रोलमा १ र डिजेल-मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि

Read Time : < 1 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार २१:३५:oo

नेपाल आयल निगम लिमिटेडले शुक्रबार मध्यरातिबाट लागू हुने गरी इन्धनको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलमा समान तीन–तीन रुपैयाँ प्रतिलिटर मूल्य बढाएको हो ।

मूल्यवृद्धिपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय ८३ रुपैयाँ तथा डिजेल मट्टीतेल समान एक सय ७३ रुपैयाँ पुगेको छ । 

काठमाडौंको तुलनामा सुर्खेत र दाङमा प्रतिलिटर एक रुपैयाँ मूल्य सस्तो हुने गरेको छ भने तराईमा दुई रुपैयाँ ५० पैसा प्रतिलिटर सस्तो पर्ने गरेको छ ।

आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्य बढेर आएकाले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरी कायम हुने बिक्री मूल्यका आधारमा मूल्यवृद्धि गरिएको जनाएको छ । 

निगमले गत ३१ असारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेयता प्रत्येक १५ दिनमा आइओसीबाट नयाँ मूल्य पाउनासाथ नेपाली बजारमा समायोजन गर्दै आएको छ ।