१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारकै कारण बुढीगण्डकी जलविद्युत् आयोजना बनेन : उपाध्यक्ष अर्याल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४o:oo

सरकारकै कारण बुढीगण्डकी जलविद्युत् आयोजना बन्न ढिलाइ भएको राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले बताएका छन्। बुढीगण्डकी जलविद्युत् आयोजनालाई सरकारले देशको आवश्यक आयोजनाको रूपमा निर्णय गरेर जान नसक्दा आयोजना सुरु नभएको उनले आरोप लगाएका छन्।

सरकारले देशका लागि आवश्यक आयोजना हो भनेर निर्णय गर्न सके तुरुन्तै बुढीगण्डकी जलविद्युत् आयोजना सुरु हुने अर्याल बताउँछन्। गृहजिल्ला आइपुगेका संघीय सांसद अर्यालले पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्। 

‘सरकारले चासो र ग्यारेन्टी लिन पर्‍यो। अनि पो जनता ढुक्क हुन्छौँ। लगानी गर्ने वातावरण बन्छ अनि जनताको पैसा लगानी हुन्छ। विदेशी लगानी पनि चाहिँदैन। जनताकै पैसाले बुढीगण्डकी आयोजना बन्छ,’ उनले भने । 

‘सरकार भ्रष्टाचारको दलदलमा छ। मुआब्जा दिने नाममा भ्रष्टाचार, कार्यालय राख्ने नाममा भ्रष्टाचार, सवारी किन्ने नाममा समेत भ्रष्टाचार भएका छन्,’ उनले भने, ‘अहिलेको सरकार रहुन्जेल बुढीगण्डकी आयोजना बन्लाजस्तो त लाग्दैन। समय गुज्रँदै जाँदा आयोजना बनाउन महँगो पनि बन्दै छ। आयोजना सम्पन्न गर्न ६ खर्ब लाग्ने कुरा आएको छ। मेरो अनुमानमा त्यही पनि लाग्दैन। सरकारले आयोजना सुरु गर्न अब ढिला गर्न हुन्न।’

क्याबिनेट बैठकमै प्रधानमन्त्रीसमक्ष पनि बुढीगण्डकी आयोजनाको कुरा उठाउने गरेको उनले बताए। ‘बुढीगण्डकीलगायतका ठूला आयोजना बन्नु भनेको देश समृद्धितर्फ लाग्नु हो। तर, भाषणमा सीमित छ। काम गरे पो देश समृद्ध बन्छ। त्यसैले रोकिएका मुआब्जा दिएर काम अघि बढाउनुपर्छ,’ उनले भने। 

बुढीगण्डकी जलविद्युत् आयोजना हाम्रै पालामा बन्छ भन्दै सुविधा पनि लिन पाइने उनले बताए। ‘आयोजना बन्नेमा हामी ढुक्क छौँ,’ उनले भने, ‘बुढीगण्डकी बनाउनैपर्छ। यो धादिङ, गाेर्खाको मात्र नभएर देशकै लागि अति आवश्यक आयोजना हो। हजारौँको रोजगारी सिर्जना गर्ने, पर्यटनको दृष्टिले पनि राम्रो देखिन्छ। त्यसैले हाम्रै पालामा बनाएर सुविधा लिनुपर्छ र बन्छ पनि।’