१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:५५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चिकित्सक कुटपिट घटना : हेटौँडामा आकस्मिकबाहेक सबै सेवा बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५५:oo

चिकित्सक कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन्।हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर घटनको विरोध गरेका हुन्।

बुधबार सन्चो अस्पतालमा कार्यरत दुईजना डाक्टरमाथि आठ–दशजनाको समूहले कुटपिट गरेकाे थियाे। उक्त घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काम गर्न सक्ने मनस्थितिमा नरहेका कारण आकस्मिकबाहेकका सेवा बन्द गरिएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले बताए।

विरोधस्वरूप हेटौँडा अस्पतालको आकस्मिक र फार्मेसी सेवा सञ्चालनमा रहे पनि ओपिडी, बिरामी भर्ना र ल्याबलगायतका सेवा बन्द रहेको डा. सापकोटाले जानकारी दिए। 

बुधबारको घटनापछि चिकित्सकले असुरक्षित महसुस गरेको उनको दाबी छ।डाक्टर सापकोटाले घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न प्रहरीले तदारुकता नदेखाउँदा स्वास्थ्यकर्मीहरू त्रासमा रहेको दाबी गरे। 

उनले घटनामा संलग्न सबैलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि नबढाएसम्म आफूहरू पूर्ण रूपमा काममा फर्कन नस्कने बताए। यसअघि मेसु डा‍. सापकोटालाई बिहीबार नै हेटौँडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकले सामूहिक राजीनामापत्र बुझाएका थिए। 

मेसु सापकोटाले समेत राजीनामापत्रमा हस्ताक्षर गरेर दोषीमाथि कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईंलाई बुझाउने तयारी गरेको जानकारी दिए।

गत साउन २५ गते डेंगु संक्रमणक कारण मृत्यु भएका हटौँडा– १२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका थिए। प्रधानका आफन्तले उपचारमा चिकित्सकको लापरबाहीले मृत्यु भएको दाबी गर्दै आएका छन्।

यसैबीच, प्रहरीले बिहीबार दिउँसो घटनामा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधान रहेको मकवानपुर प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।

प्रवक्ता भण्डारीका अनुसार घटनामा संलग्नलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनुपविक्रम कार्कीले मकवानपुर प्रहरी कार्यालयमा जाहेरी दिएका छन्। जाहेरी आज शुक्रबार दर्ता हुने प्रवक्ता भण्डारीले बताए।