मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १८ सोमबार
  • Monday, 04 December, 2023
२०८० भदौ २९ शुक्रबार १०:३०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकका ग्राहकलाई अपोलो हस्पिटलमा छुट

Read Time : < 1 मिनेट
२०८० भदौ २९ शुक्रबार १०:३०:००

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले भारतको अपोलो हस्पिटलस इन्टरप्राइजेज लिमिटेडअन्तर्गतका अस्पतालहरूमा उपचार गर्दा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा बैंक र अपोलोबीच समझदारी भएको हो । 

समझदारीअनुसार बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट दिने जनाइएको छ । यो छुट सुविधा अपोलो हस्पिटल्स इन्टरप्राइजेजको भारतका विभिन्न नौ स्थानमा रहेका हस्पिटलका नेटवर्कमा लागू हुने उल्लेख छ । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा अपोलोका इन्टरनेसनल बिजनेसतर्फका भाइस प्रेसिडेन्ट डा. कात्तिक अनन्थरामनले हस्ताक्षर गरेको बैंकले जनाएको छ । 

सिटिजन्स बैंकको भारतमा रहेका हस्पिटल्सहरूसँगको यो दोस्रो सम्झौता हो । यसअघि बैंकले भारतको मेदान्त–द मेडिसिटी अस्पतालसँग बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारी गरिसकेको जनाएको छ । 

बैंकले हाल देशभरमा एक सय ८८ शाखा, एक सय ४८ एटिएम र ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।