१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्यलाभपछि नयाँ ऊर्जासहित जनताको सेवामा फर्कनेछु : कांग्रेस सहमहामन्त्री यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:३८:oo

खुकुरी प्रहारबाट घाइते भई उपचार गराइरहेका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले घटनापछि सबैको माया, साथ र शुभेच्छाले झन् बलियो र ऊर्जावान भएको महसुस गरेको बताएका छन्। 

आज एक प्रेस विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवले अबको केही दिनमा स्वास्थ्यलाभ गरी नयाँ ऊर्जाका साथ पुनः जनताको सेवामा समर्पित हुने प्रतिबद्धता जनाएका छन्। 

उनले अहिले आफ्नो स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख गरेका छन्। 

‘भदौ २० गते रिपोर्टस् क्लबको कार्यक्रमबाट फर्किने क्रममा ममाथि अराजक तत्वले सांघातिक आक्रमणम गर्‍यो,’ उनले भनेका छन्, ‘म घाइते अवस्थामा अस्पतालमा रहँदा मलाई माया गरी मेरो स्वास्थ्य अवस्थाको बारेमा चासो राखी शुभेच्छा राखिदिनुभएका आदरणीय व्यक्तित्वहरू, अग्रजहरू, सहकर्मी, साथीभाइ, पार्टी संगठन तथा भातृ संस्थाका साथीहरू, विभिन्न पार्टीका नेता, साथीहरूप्रति नमन गर्न चाहन्छु।’