१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डाक्टर कुटपिट घटना : चारजना पक्राउ, सामूहिक उजुरी दिँदै चिकित्सक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५२:oo

हेटौँडा उपमहानगरपालिका– १ स्थित सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि भएको कुटपिट घटनामा संलग्न थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

चिकित्सक कुटपिट घटनामा संलग्नमध्येका अहिलेसम्म रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

पक्राउ पर्नेहरूमा मृतककी श्रीमती रमा प्रधान, छोरा रोहित प्रधान, छोरी रमिता प्रधान र भतिज अनुप प्रधान रहेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

डाक्टरमाथि कुटपिट भएको घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै चिकित्सकले आन्दोलनको घोषणा गरेपछि प्रहरीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो। बुधबार बिहान ८–१० जनाको समूहमा आएका व्यक्तिले सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि हातपात गर्दा चिकित्सकद्वय घाइते भएका थिए।

यसैबीच चिकित्सकहरूले घटनाका दोषीविरुद्ध संयुक्त उजुरी दिने भएका छन्। बिहीबार बिहान चिकित्सक र प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायबीच भएको छलफलमा घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्ने सहमति भएको थियो। 

चिकित्सकले घटनामा संलग्नलाई तत्काल पक्राउ नगरे स्वास्थ्यसँग सम्बन्धित सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।