१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:२५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्र सकारात्मक दिशाउन्मुख छ : अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:२५:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशाउन्मुख रहेको बताएका छन् । सरकारले गरेको अर्थतन्त्र सुधारका कार्यको नजिता आउन अझ केही समय लाग्नेसमेत उनले बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्य समितिसँगको अन्तर्क्रियामा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । ‘पेनफुल छ, स्लो छ, तर पोजेटिभ डिरेक्सनमा छ,’ उनले भने, कार्यान्वयनमा केही तगारा पनि छन्, त्यसकारण अपेक्षाअनुसार नतिजा देखिन समय लाग्छ ।’  रेमिट्यान्स बढेको भए पनि पुँजीबजार तथा घरजग्गामा समेत लगानी आउन नसक्नुको कारण लगानीकर्तामा केही हिचकिचाहट रहेको उनले उल्लेख गरे ।

उनले अर्थतन्त्र चलायमान बनाउन आत्मविश्वास बढाउन जरुरी रहेकोसमेत बताए । अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको भन्दै यसमा राष्ट्र बैंकले लिने नीतिको ठूलो भूमिका रहने बताए । ‘राष्ट्र बैंकले धेरै नै माइक्रो लेबलमा कस्न खोज्दा पनि लगानीकर्ता हचकिचाएको अवस्था हो,’ उनले भने, ‘अर्कोतर्फ बढी नेगेटिभ प्रचारले समेत आत्मविश्वास बढाउन नसकेको हो ।’ 

अर्थमन्त्री डा. महतले नेपालबाट प्लस टु पास गरेर ठूलो संख्यामा विद्यार्थी बिदेसिनु सुखद ट्रेन्ड नभएको बताए । सुधारको सन्दर्भमा घोषणाभन्दा धेरै कार्यान्वयनमा समस्या रहेको बताए ।  आवश्यकता नदेखेका संरचना खारेज गर्ने सवालमा आफूले यस्तै दबाब झेल्नुपरेको उनको भनाइ छ । ‘खाइपाइ आएकाबीचमा म सबैभन्दा अलोकप्रिय हुनेरहेछु,’ उनले भने । छलफलमा सेजनका अध्यक्ष सुजन ओलीले अर्थतन्त्रको संरचनात्मक सुधारमा अर्थमन्त्रीले चालेको कदमको स्वागत गर्दै यो चुनौती पार गर्न सेजनको साथ रहने प्रतिबद्धता व्यक्त गरे । अर्थ मन्त्रालय सम्हाल्ने क्रममा डा. महतसँग जुन अपेक्षा थियो, त्यसअनुसार नतिजा किन नदेखिएको होला भन्दै उनले डा. महतसँग प्रश्नसमेत गरे ।