१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार २o:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अपार्टमेन्टमा आगलागी, दर्जनौँको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २o:o३:oo

भियतनामको राजधानी हनोइको एक आवासीय भवनमा आगलागी हुँदा दर्जनौँ व्यक्तिको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

मोटरसाइकलले खचाखच भरिएको १० तले भवनको पार्किङ फ्लोरमा स्थानीय समयअनुसार मंगलबार मध्यरातअघि आगलागी सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

भियतनामको सरकारी समाचार एजेन्सीका अनुसार १०० भन्दा बढी व्यक्ति भाग्न सफल भएका छन् वा उद्धारकर्ताहरूले उनीहरूलाई भवनबाट बाहिर निकालेका छन् । अधिकारीहरूले ५४ जनालाई अस्पताल पुर्याएका छन् ।

सार्वजनिक सुरक्षा उपमन्त्रीले भान टुयेनले आगलागीबाट ठूलो जनधनको क्षति भएको बताए ।  मृत्यु हुनेमा कम्तीमा तीनजना बालबालिका रहेको बताइएको छ ।

‘मैले सहायताको लागि धेरै चिच्याएको सुनेँ । हामीले उनीहरूलाई केही सहयोग गर्न सकेनौँ,’ भवननजिकै बस्ने होवा नाम जनाउने एक महिलाले भने, ‘अपार्टमेन्ट यति बन्द छ कि भाग्ने कुनै बाटो छैन, पीडितहरूलाई बाहिर निस्कन असम्भव छ ।’ 

एएफपीका फोटोग्राफरहरूले रातभर घटनास्थलमा खिचेका तस्बिरहरूमा भवनको कौसीहरूबाट आगोको ज्वाला र धुवाँ निस्केको देखिन्छ ।

बुधबार बिहानसम्म आगो निभाइएको थियो, तर दक्षिणपश्चिम हनोइको एक आवासीय क्षेत्रको साँघुरो गल्लीमा रहेको उक्त भवनमा पुग्न उद्धारकर्मीहरूले घन्टौँसम्म संघर्ष गरेका थिए ।

उक्त कम्प्लेक्समा करिब १५० जना मानिस बसोबास गर्दै आएको अधिकारीहरूले बताएका छन् । अर्का प्रत्यक्षदर्शी हुओङका अनुसार आगोबाट बच्न एउटा कोठाबाट सानो बालकलाई फ्याँकिएको थियो ।

उनले भने, ‘जताततै धुवाँ थियो । त्यहाँ एउटा सानो केटो अग्लो तलाबाट फ्याँकिएको थियो, मलाई थाहा छैन ऊ बाँच्यो वा बाँचेन, यद्यपि मानिसहरूले उसलाई सुरक्षित गर्न एउटा म्याट्रेसको प्रयोग गरेका थिए ।’ (सिन्ह्वा)

ad
ad