१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
अमुल थापा काठमाडौं
Invalid date format १३:२७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नेम्वाङका दुई छोराले दिवंगत बुबालाई दिए श्रद्धाञ्जली [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२७:oo

दिवंगत सविंधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङका दुवै छोरा नेपाल आइपुगेका छन्। नेपाल आएलगत्तै एमाले पार्टी केन्द्रीय  कार्यालय च्यासल पुगेर उनीहरूले बुबाको मुख हेरी पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन्। 

स्वर्गीय नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट आजै केहीबेर अघि नेपाल आइपुगेका हुन्। त्यस्तै, कान्छा छोरा सुहाङ अस्ट्रेलियाबाट आइपुगेका छन्। 

बुबालाई श्रद्धाञ्जली दिने क्रममा उनीहरू केहीबेर भावविह्वल भएका थिए। उनीहरूले बुबालाई श्रद्धाञ्जली दिँदै गर्दा उपस्थित अन्य नेता–कार्यकर्ता र विदेशी कूटनीतिज्ञहरूको समेत आँखा रसाएका थिए। 

नेम्वाङको पार्थिव शरीर अहिले निजी निवास बालुवाटार लगिँदै छ। बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा उनको अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम छ।