Skip This
लिबियामा आएको भीषण बाढीमा तीन हजारभन्दा बढीको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २७ बुधबार
  • Saturday, 27 July, 2024
२o८o भदौ २७ बुधबार १o:o५:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

लिबियामा आएको भीषण बाढीमा तीन हजारभन्दा बढीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २७ बुधबार १o:o५:oo

पूर्वी लिबियामा आएको बाढीमा परी तीन हजारभन्दा बढीको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएको रेडक्रसका अधिकारीले बताएका छन् । रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको संख्या हजारौँ पुग्न सक्ने चेतावनी दिएका छन् ।

मंगलबार ट्युनिसियाबाट भिडियो कन्फरेन्समार्फत जेनेभामा संयुक्त राष्ट्र संघको ब्रिफिङमा पत्रकारसँग कुरा गर्दै रमदानले बाढीले बगाएर ज्यान गुमाउनेको संख्या धेरै ठूलो भएको बताएका थिए । क्षतिको आकलन सकिएपछि ज्यान गुमाउनेको संख्या हजारौँ पुग्न सक्ने उनले आकलन गरे । लिबियाका अधिकारीले ‘ड्यानियल’ नामक समुन्द्री आँधीपछि आएको मुसलधारे वर्षासँगै अचानक बाढी आएको र त्यसमा परी पूर्वी सहर डेर्नामा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको आशंका गरेका छन् ।