१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

६० किलो सुन तस्करी : सिआइबीले आज अनुसन्धान प्रतिवेदन बुझाउँदै

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१९:oo

३० अभियुक्तविरुद्ध बरामद सुनको मूल्यबराबर बिगो दाबी 

सिआइबीले अभियुक्तविरुद्ध ६० किलो ७१६ ग्राम सुनको मूल्यबराबरको बिगो दाबी गरेको छ । बुधबारको बजार भाउअनुसार बिगो दाबी गरिएको सुनको मूल्य ५६ करोड ४४ लाख रुपैयाँ पर्छ । ‘घटनामा ३० अभियुक्त पक्राउ परेका छन् । उनीहरूविरुद्ध बरामद भएको सुनको मूल्यबराबर बिगो दाबी माग गरिएको छ । यो भनेको करिब ५६ करोड ४४ लाख हुन आउँछ,’ स्रोतले भन्यो । 

करिब ४० दिन लगाएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० किलो सुन तस्करीसम्बन्धी अनुसन्धान टुंग्याएको छ । सिआइबीले अनुसन्धान प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गर्दै छ । तस्करी प्रकरणमा ३० जना अभियुक्त छन् । 

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले ६० किलो सुुनको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिने बताए । ‘६० किलो सुन तस्करीसम्बन्धी अनुसन्धान सकिएको छ । अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिल कार्यालयमा पेस हुनेछ । त्यसअघि सिआइबीले पत्रकार सम्मेलनमार्फत आवश्यक विवरण पनि सार्वजनिक गर्ला,’ उनले भने ।

डिआइजी कुबेर कडायत, प्रवक्ता, नेपाल प्रहरी

६० किलो सुन तस्करीसम्बन्धी अनुसन्धान सकिएको छ । अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिल कार्यालयमा पेस हुनेछ । त्यसअघि सिआइबीले पत्रकार सम्मेलनमार्फत आवश्यक विवरण पनि सार्वजनिक गर्ला ।

सिआइबीले २१ साउनदेखि अवैध सुन चोरी पैठारी तथा संगठित अपराधअन्तर्गत ६० किलो सुन तस्करीको अनुसन्धान गर्दै आएको छ । बरामदपछि राजस्व अनुसन्धान विभागले ६० किलो सुन अनुसन्धानको सम्पूर्ण मिसिल सिआइबीलाई बुझाएको थियो । त्यसयता घटनामा संलग्न १२ अभियुक्त पक्राउ परेका छन् । सुन राखिएका विभिन्न पाँच गोदाममा छापा मारिएको थियो । 

सिआइबीका अनुसार घटनामा तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ र चिनियाँ नागरिक याओ पुचेङलाई मुख्य अभियुक्त बनाइएको छ । त्यस्तै, मुख्य बिचौलियाका रूपमा रहेका चिनियाँ नागरिक टियान मी, वेन तोङ, डिङ सेग्फा, ली नेङकाई, ली वेन सुङ, किशोर बस्नेत, सुमन खरेललाई खास अभियुक्त बनाइएको छ । 

त्यसबाहेक पक्राउ परेका गणेश पौडेल, रामकुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जिक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, अधिकृत पुष्पा जोशी, नायब सुब्बाद्वय वीरेन्द्र नेपाली र कमल परियारलाई तस्करीका मुख्य मतियारका रूपमा खडा गरिएको छ । 

सिआइबीले अभियुक्तविरुद्ध ६० किलो सात सय १६ ग्राम सुनको मूल्यबराबरको बिगो दाबी गरेको छ । बुधबारको बजार भाउअनुसार बिगो दाबी गरिएको सुनको मूल्य ५६ करोड ४४ लाख रुपैयाँ पर्छ । ‘घटनामा ३० अभियुक्त पक्राउ परेका छन् । उनीहरूविरुद्ध बरामद भएको सुनको मूल्यबराबर बिगो दाबी माग गरिएको छ । यो भनेको करिब ५६ करोड ४४ लाख रुपैयाँ हुन आउँछ,’ सिआइबी स्रोतले भन्यो । 

राजस्व अनुसन्धान विभागले गत ३ साउनमा विमानस्थलस्थित भन्सार कार्यालयबाट बाहिरिँदै गरेको मोटरसाइकल तथा स्कुटरको ‘ब्रेकसु’ बरामद गरेको थियो । सोही ब्रेकसुभित्र लुकाएर ६० किलो सुन तस्करी गरिएको थियो । उक्त सुन हङकङबाट विमान हुँदै काठमाडौं ल्याइएको थियो । 

अपराध अन्तरदेशीय प्रकृतिको देखिएपछि अनुसन्धानका लागि सिआइबीले पहिलोपटक एसएसपी दिनेश आचार्यलाई गत १२ भदौमा हङकङ पठाएको थियो । अनुसन्धानपछि एसएसपी आचार्य नेपाल फर्किसकेका छन् । त्यस्तै, घटनाको अनुसन्धान गर्न सिआइबीले डिएसपी धर्म भण्डारीलाई भने भारत पठाएको छ । उनी पनि अनुसन्धान सकेर नेपाल फर्किसकेका छन् । 

मलद्वारमा लुकाई फेरि एक किलो सुन तस्करी 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट बाहिरिएको करिब एक किलो सुन प्रहरीले बरामद गरेको छ । तस्करीमा संलग्न तीन व्यक्ति पनि पक्राउ परेका छन् । हिमालयन एयरलाइन्समार्फत सोमबार दुबईबाट काभ्रे खानीखोलाका बाबुलाल दोङले मलद्वारमा लुकाएर सुन तस्करी गरेका हुन् । उनलाई विमानस्थलबाट निस्किएलगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोमबार बेलुका पक्राउ गरेको हो । कालो टेपले बेरिएको दुईवटा लाम्चो र डल्लो सुन उनले मलद्वारमा लुकाएर तस्करी गरेका थिए । भन्सार जाँच छल्न उनले मलद्वारमा सुन लुकाएका हुन् । 

अनुसन्धानका क्रममा सुन तस्करीमा उनलाई सघाउने काभ्रे रोशीका जगत लामा र काभ्रे महाभारतका मिङ्मा दोर्जे स्याङ्तानलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए । बरामद सुन नौ सय ६० ग्राम छ । 

सुनसहित पक्राउ परेका बाबुलाल भिजिट भिसामा दुबई गएका थिए । पटक–पटक गएकाले यसअघि पनि उनले सुन ल्याएको हुन सक्ने आशंका छ । सुन तस्करी गराउने गिरोहका नाइके भने फरार रहेको स्रोत बताउँछ । काभ्रेका केही स्थानीय नेतासँग पनि तस्करहरूको साँठगाँठ देखिएको छ । प्रहरीले पक्राउ परेकालाई थप अनुसन्धानका लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाएको छ । यो घटनाको प्रहरीबाट पनि थप अनुसन्धान गर्ने तयारी छ ।

ad
ad