१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार oo:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार oo:o४:oo

महत्वपूर्ण खेलमा श्रीलंकालाई पराजित गर्दै भारत एसिया कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । सुपर फोरअन्तर्गतको दोस्रो खेलमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गर्यो । 

टस जितेर पहिले ब्याटिङ गरेको भारतलाई ४०.१ ओभरमा दुुई सय १३ रनमा अलआउट गर्दै श्रीलंकाले एक खेलअघि नै फाइनलको ढोका खोल्ने सम्भावना देखाएको थियो । 

तर, दुई सय १४ रनको मध्यम लक्ष्य पूरा गर्न श्रीलंका असफल रह्यो । अलराउन्डर दुनिथ वेल्लालागे र धनञ्जय डिसिल्वाका अलावा कुनै पनि श्रीलंकन ब्याटर भारतीय बलिङका सामु टिक्न सकेनन् । 

सातौँ विकेटका लागि दुनिथ र धनञ्जयबीच अर्धशतकीय साझेदारी भएपछि श्रीलंका खेलमा फर्किएको थियो । तर, धनञ्जय खराव सट प्रहार गर्दै आउट भएपछि श्रीलंकाको बाँकी विकेट तासको पत्ताजस्तै ढल्न पुग्यो ।  

श्रीलंकालाई ध्वस्त बनाउन भारतका कुलदीप यादवले चार विकेट लिए । उनले अन्तिम दुई विकेट लगातार दुई बलमा लिएका थिए । श्रीलंकाले भने लगातार तीन बलमा तीन विकेट गुमाउन पुग्यो । 

त्यसअघि भारतले कप्तान रोहित शर्माको ५३ रनको मद्यतमा अलआउट हुनुपूर्व दुई सय १३ रन बनाएको थियो । एक दिनअघि पाकिस्तानसँग विशाल रनअन्तरले विजयी भएको भारतलाई सामान्य लक्ष्यमै रोक्ने क्रममा अलराउन्डर दुनिथले पाँच विकेट लिएका थिए । यो उनको सर्वश्रेष्ठ बलिङ प्रदर्शन हो । यससँगै २० वर्षे यी खेलाडीले श्रीलंकन टिममा आफ्नो आवश्यकता सिद्ध गरेका छन् । 
 

ad
ad