मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १७ आइतबार
  • Sunday, 03 December, 2023
२०८० भदौ २६ मंगलबार २१:१८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मणिपुरमा गोली हानी तीनजनाको हत्या

Read Time : < 1 मिनेट
२०८० भदौ २६ मंगलबार २१:१८:००

भारतको उत्तरपूर्वी राज्य मणिपुरको काङपोकी जिल्लामा आज बिहान अज्ञात बन्दुकधारीले तीनजनाको गोली हानी हत्या गरेका छन् ।

एक सुरक्षा अधिकारीका अनुसार बिहान बन्दुकधारीले काङपोकीको कुकी–जोमी समुदायका तीनजना गाउँलेमाथि आक्रमण गरेका थिए । तीनैजना गाडीमा यात्रा गरिरहेका वेला आक्रमण भएको हो । 

आक्रमणकारीले उक्त गाडीमा एम्बुस प्रहार गरेको समाचारमा जनाइएको छ । गत शुक्रबार तेङनौपाल जिल्लाको पल्लेल सहरमा भएको हिंसामा दुईजनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए ।

गैर–आदिवासी मेइतेई समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा ३ मेदेखि मणिपुरमा हिंसा भड्किएको छ । जारी हिंसामा हालसम्म १६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । 

बहुसंख्यक मेइतेई समूह र आदिवासी कुकी अल्पसंख्यकबीचको जातीय द्वन्द्वका कारण ६० हजार मानिस विस्थापित भइसकेका छन् ।

राज्यमा भिडले तोडफोड र आगजनीको सहारा लिइरहेका छन् र यस क्रममा सयौँ घर र पसलहरू जलाइएको छ । हिंसाका क्रममा प्रहरी चौकी र शस्त्रागारबाट पनि ठूलो संख्यामा हतियार लुटिएको सञ्चारमाध्यमले जनाएका छन् ।