मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Tuesday, 01 September, 2026
२o८o भदौ २६ मंगलबार १५:१४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनीकाे चालू अधिवेशन अन्त्य  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार १५:१४:oo

लुम्बिनी प्रदेश सरकारले चालू अधिवेशन अन्त्य गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेदेखि अन्त्य हुने गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।  

साथै बैठकले लोकसेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, बाढी प्रभावित क्षेत्र बर्दियाका विभिन्न स्थानमा राहत उपलब्ध गराउने, गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा मृत्यु भएकाहरूलाई राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बताए। 

साथै बैठकले प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरेको छ।