१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २६ मंगलबार १४:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुन तस्करी प्रकरणकाे अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा सिआइबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार १४:o५:oo

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हङकङबाट ल्याइएको झन्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ। 

प्रतिवेदनको लेखन सकेर आज वा भोलिमा नै बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए। 

संगठित अपराधको यस मुद्दामा अनुसन्धान भइरहेकोमा यसै महिनाको ३१ गते ६० दिन पुग्ने भएकाले सो अवधिसम्म मुद्दा अदालतमा पुग्नुपर्छ। प्रतिवेदनलेखन लगभग सकिएको र केही प्राविधिक काम बाँकी रहेको सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले  जानकारी दिइन्। 

उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी हिरासतमा छन्। पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन्। 

चिनियाँ नागरिकले त नेपाली नागरिकतासमेत लिएको खुलेको छ। तस्करीमा भन्सारका कर्मचारीकै मिलेमतो रहेको पाइएकाले पछिल्लो समयमा प्रहरीले भन्सार अधिकृत पुष्पा जोशीसहित नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको थियो।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको अप्रेसनका क्रममा हङकङबाट ब्रेकसुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको थियो। सुन भन्सार पास भएर निस्किएको थियो। विभागले आवश्यक अनुसन्धान सकेको १८ दिनपछि सुन प्रकरणको अनुसन्धान अहिले सिआइबीले गरिरहेको छ।  

ब्रेकसुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम शुद्ध सुन भएको थियो। अहिले उक्त सुन राष्ट्र बैंकको संरक्षणमा छ। रासस