
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताएका छन्।
आज शोक–वक्तव्य जारी गर्दै उनले दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका हुन्। संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको अतुलनीय योगदान रहेको पूर्वसभामुख सापकोटाले स्मरण गरे।
नेम्वाङले शालीन र समन्वयकारी भूमिकामार्फत सिंगाे राजनीतिक वृत्तमा फरक छवि र पहिचान निर्माण गर्न सफल भएको उल्लेख गर्दै पूर्वसभामुख सापकोटा नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व तहमा रहेर लोकतन्त्र, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा नेता नेम्वाङले पुर्याएको योगदान सधैँ स्मरणीय रहने बताएका छन्।
एमाले उपाध्यक्ष नेम्वाङको गएराति हृदयाघातका कारण निधन भएको थियो।