१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Friday, 09 May, 2025
२o८o भदौ २६ मंगलबार ११:३६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मधेश प्रदेश सांसद विन्दुकुमारी यादवको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार ११:३६:oo

जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश  सांसद विन्दुकुमारी यादवको निधन भएको छ।

लामो समयदेखि मुखको क्यान्सरबाट पीडित यादवको आज बिहान साढे ९ बजे जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको उनका श्रीमान् प्राध्यापक सुरेन्द्र रायले जानकारी दिए।

४१ वर्षीया  समानुपातिक सांसद यादवलामो समय दिल्लीमा उपचार गराई फर्केकी थिइन्। तर, उपचार सम्भव नभएपछि उनलाई जनकपुर ल्याएको परिवारजनले जनाएको छ।

स्थायी घर सर्लाही भएकी यादव लामो समयदेखि जनकपुरमा–८ मा बस्दै आएकी थिइन्। यादवले ०७२ को मधेश आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेकी थिइन्।