१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:३२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्वदेशी उत्पादनमा जोड दिन उद्योगमन्त्री रिजालको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:३२:oo

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पछिल्लो समय व्यापारीले खाद्यान्नसमेत आयात गर्न अग्रसर देखिएको बताउँदै स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिन आग्रह गरेका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघ र उद्योग मन्त्रालयले वाणिज्य नीति संशोधनका विषयमा संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रिजालले आन्तरिक आपूर्ति तथा मूल्य शृंखला सुदृढ तुल्याउने उद्देश्यले वाणिज्य नीति २०७२ लाई समसामयिक परिमार्जन गर्ने तयारी थालेको जानकारी दिए ।

मन्त्रालयले वाणिज्य नीतिमार्फत बजार विकास गर्ने, मूल्य शृंखलासँग लाभदायी सम्बन्ध गाँस्ने र प्राथमिक उत्पादकदेखि अन्तिम उपाभोक्तासम्म वस्तु तथा सेवाको प्रवाह र मितव्ययी लागत नीति बनाउन चाहेको उनले बताए । मन्त्रालयले नयाँ वाणिज्य नीति, २०८० को मस्यौदा तयार गरी सरोकारवालासँग छलफल अगाडि बढाइरहेको छ ।

उद्योगीसँगको छलफलमा मन्त्री रिजालले स्थिर सरकार नबन्दासम्म उद्योग वाणिज्य क्षेत्रमा देखिएका अहिलेका समस्या समाधान गर्न कठिनाइ हुने धारणा व्यक्त गरे । उनले भने, ‘परिस्थितिवश मुलुकले राजनीतिक रूपमा धेरै उतारचढाव हेरिसकेकाले अबका दिन आर्थिक विकास र निर्माणका रूपमा अघि बढ्नुपर्ने आवश्यकता छ ।’

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले मुलुकको स्रोत–साधन र कृषि क्षेत्रको उपयोग गर्ने गरी पूर्वाधारको क्षेत्रमा सरकारले समुचित ध्यान नदिएकाले आयातले प्रोत्साहन पाएको बताएका थिए । आयातलाई निरुत्साहित गर्दै उत्पादनमा सुधार गर्दै कृषिउपजका सामग्रीले प्रोत्साहन पाउने गरी वाणिज्य नीति बनाउन सातै प्रदेशमा छलफल कार्यक्रम राखिएको उनको भनाइ थियो ।