१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ७ सोमबार ११:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

काठमाडौंबाट दुईदिने यात्राका लागि उपयुक्त गन्तव्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार ११:२७:oo

चिसापानी : शिवपुरी राष्ट्रिय निकुञ्जको चिसापानी भ्रमण काठमाडौंबाट नजिकको गन्तव्य हो । सुन्दरीजलबाट केही घन्टा हिँडेर यहाँ पुग्न सकिन्छ । यात्राका क्रममा तपाईंले ठाउँ–ठाउँमा पानीका मुहान र खोला देख्नुहुन्छ । कहिलेकाहीँ जंगली जनावर पनि भेटिन्छन् । त्यसैले यो यात्रा एक्लै नभएर समूहमा गर्नु उचित हुन्छ । चिसापानी पुगेर एक रात बिताएर भोलिपल्ट फर्कंदा रमाइलै हुन्छ । 

नगरकोट : काठमाडौंबाट नजिक र घुम्नका लागि उपयुक्त हिलस्टेसनमध्येको एक नगरकोट हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरकोट काठमाडौंबाट २८ किलोमिटर उत्तरपूर्वमा र भक्तपुर दरबार स्क्वायरबाट १२.५ किलोमिटर टाढा छ । नगरकोटबाट सगरमाथा, धौलागिरि, कञ्चनजंघा, मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, ल्होत्से, मकालुजस्ता हिमाल र थुप्रै चुचुराहरू नियाल्न सकिन्छ । काठमाडौंबाट बिहानै नगरकोट गएर बेलुकी फर्कन सकिन्छ । नत्र एक रात वास बसेर भोलिपल्ट बिहान सूर्योदय हेर्दै घुमफिर गरेर फर्कन सकिन्छ । यहाँ पनि वास बस्नका लागि सुविधासम्पन्न होटेलहरू छन् । 

चित्लाङ : अर्को नजिकको गन्तव्य चित्लाङ हो, यहाँ पनि उत्कृष्ट रिसोर्टहरू उपलब्ध छन् । काठमाडौंबाट निकै छोटो समयमै थानकोट हुँदै चित्लाङ पुग्न सकिन्छ, वर्षामा बाटो बिग्रने भएकाले पर्यटकहरू दक्षिणकाली, मार्खु हुँदै चित्लाङ पुगेर एक रात वास बसेर फर्कने गर्छन् । मार्खुमा बोटिङ गर्नुको मज्जा बेग्लै छ । 

त्रिशूली वा सुकुटे : दुई दिनको यात्राका लागि त्रिशूली वा सुकुटे नदीआसपास पनि जान सकिन्छ । बर्खाको समयमा खोलाको आवाज सुनेर छुट्टै आनन्द लिन सकिन्छ । रिभरसाइडमा सुरक्षित स्विमिङ पुलहरू पनि सञ्चालनमा छन् ।

ad
ad