१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
मारियाना चन्द काठमाडाैं
२o८१ जेठ ७ सोमबार o८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

उपत्यकामा ३ असोजदेखि द्रुत बस सेवा 

Read Time : < 1 मिनेट
मारियाना चन्द काठमाडाैं
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ७ सोमबार o८:३७:oo

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ असोजदेखि ‘बस र्‍यापिड ट्रान्जिट’ (बिआरटी) तथा द्रुत बस सेवा सञ्चालन गर्ने भएको छ । यसअघि मन्त्रालयले १ असोजदेखि उक्त बस सञ्चालन गर्ने घोषणा गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सोमबार सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागलगायतका निकायसँग बैठक बसेर संविधान दिवसको दिनदेखि बस सेवा सुरु गर्न निर्देशन दिएका हुन् । पहिलो चरणमा सूर्यविनायक–रत्नपार्कसम्म सञ्चालन हुने भएको छ ।

सुरुमा २५ वटा बसमार्फत सेवा सञ्चालन गर्ने जनाइएको छ । उक्त बसहरू ३८ सिट क्षमताका हुनेछन् भने बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गरिनेछ । मन्त्री ज्वालाले त्यसका लागि सम्बन्धित निकायलाई तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।

सडक विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले हालसम्म पनि द्रुत बस सेवा सञ्चालन हुने भनिएको डेडिकेटेड लेन र अन्य पूर्वाधार निर्माण भने पूरा गरेका छैनन् । लेन मार्किङ, बस स्टप, ट्राफिक लाइट, सञ्चालनको समयसीमा, लेन मार्किङ, रुट व्यवस्थापन, समयतालिका, भाडादर निर्धारण, ट्राफिकसँग समन्वय गर्ने, सर्वसाधारणलाई सूचनादेखिलगायत मुख्य काम नै बाँकी छ । (प्रशिक्षार्थी)

ad
ad