१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Friday, 09 May, 2025
तस्बिर : गंगा दाहालको फेसबुकबाट
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ २६ मंगलबार o६:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वर्गीय नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय राखिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार o६:४२:oo

हृदयघातबाट निधन भएका  नेकपा (एमाले)का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरकाे च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । 

बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पुर्‍याइएकामा त्यहीँ नेम्वाङको निधन भएको थियो ।

स्नातक अध्ययनका क्रममा ०२८/२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए । 

०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिस्ट पार्टी कोअर्डीनेसन केन्द्र (मा)मा संगठित एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

०४८ देखि ०५२ सम्म राष्ट्रिय सभा सदस्य, ०५६, ०६४, ०७०, ०७४ र ०७९ मा इलाम– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए । 

नेम्वाङ ०६३ मा पुनर्स्थापित प्रतिनिधिसभाका सभामुख, ०६४ व्यवस्थापिका संसद्को सभामुख, ०६५ एवं ०७० सालमा संविधानसभाका अध्यक्ष र सभामुख थिए । 

०३२ देखि ०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका  नेम्वाङ ०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए । 

त्यसैगरी ०३५ देखि ०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका  स्व. नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए ।