मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ २५ सोमबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २५ सोमबार १८:२८:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

खगेन्द्रको ‘पानीफोटो’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २५ सोमबार १८:२८:oo

कलाकार खगेन्द्र लामिछानेको पुस्तक पानीफोटो लोकार्पण भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तकको लोकार्पण गरिएको हो।

वरिष्ठ कलाकार नीर शाह, निश्चल बस्नेत, ऋचा शर्मा, मनोज पण्डित, निश्चल बस्नेत, दीपेन्द्र के. खनाल, स्वस्तिमा खड्का, अशोक शर्मा, सौरभ राई, सुरक्षा पन्त, मलिका महत र लेखक लामिछानेलगायतले पुस्तकको संयुक्त लोकार्पण गरेका हुन्।

कार्यक्रममा लेखकसँग सञ्चारकर्मी शिवानी सिंह थारूले पुस्तकका विषयवस्तुमा आधारित रहेर संवाद गरिन्। सिनेमाका प्राविधिक पक्षको यात्रालाई सूक्ष्म किसिमले लेखिएको यो पुस्तकले नयाँ किसिमको सन्देश प्रवाह गर्ने शिवानी सिंहले बताइन्।

त्यस्तै, कलाकार नीर शाहले लेखक लामिछानेले पुस्तकमार्फत देखाएको सिनेमाप्रतिको प्रतिबद्धता सराहनीय रहेको बताए। नेपालमा पहिला भएका कृतिका आधारमा सिनेमा बन्ने गरेको सन्दर्भमा सिनेमा बनिसकेपछि पुस्तकको आवरणमा आएकामा खुसी लागेको प्रतिक्रिया दिए। 

यसैगरी, निर्देशक मनोज पण्डितले ‘पानीफोटो’ सिनेमा बन्नु आफैँमा विशेष रहेको र यसरी ‘डकुमेन्टेसन’ हुनु सिनेमा क्षेत्रका लागि महत्वपूर्ण योगदान रहेको बताए। ‘सिनेमामा ब्याकग्राउन्डमा रहेर क–कसले केके काम गर्छन् भनेर पुस्तकले प्रस्ट्याएको छ,’ उनले भने, ‘यो पुस्तक सिनेमा क्षेत्रका हरेक व्यक्तिले पढ्नैपर्छ। सिनेमा पढाउने कलेज र यससँग सम्बन्धित रहेर काम गर्ने संस्थाले यो पुस्तक राख्न जरुरी छ।’

नेपालीमा आफ्नो माटो सुहाउँदो सिनेमा कसरी बन्छ भन्ने सन्दर्भमा पुस्तक कमै मात्रामा लेखिएको र त्यसको अभाव पूर्ति गर्न आफूले ‘पानीफोटो’ पुस्तक लेखेको लामिछानेले बताए।

‘पानीफोटो’ नेपालमा १२ वर्ष चलेको माओवादी जनयुद्धको समयमा छोरा बेपत्ता पारिएका बाबुआमा र उनीहरूले छोरा खोज्न गरेको प्रयत्नको कथा हो। लेखक लामिछानेले ‘पानीफोटो’ नाटकलाई सन् २०१० मा आरोहण गुरुकुलमा मञ्चन गरेका थिए। यही नाटकलाई कलाकार लामिछानेले आफ्नै निर्देशनमा सिनेमाको स्वरूपमा प्रस्तुत गरेका छन्। सिनेमा ‘पानीफोटो’ गत वर्ष साउन १३ मा प्रदर्शन भएको थियो।