मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २५ सोमबार १८:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गिटी, बालुवा र ढुंगा उत्खनन कार्य खोल्न आवश्यक : सभापति सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २५ सोमबार १८:०६:००

पूर्वाधार विकास समितिका सभापति दीपक सिंहले नेपालका नदी, खोलाबाट गिटी, बालुवा र ढुंगा उत्खनन कार्य खोल्न आवश्यक रहेको बताएका छन्।

सामबार न्युज एजेन्सी नेपालले आयोजना गरेको नदी र खानीजन्य पदार्थको उत्खननमा देखिएका कानुनी समस्या समाधान विषय राउन्डटेबल कार्यक्रममा उनले यस्तो बताएका हुन्।

सभापति सिंहले नेपालका नदी तथा खोलाको गिटी, बालुवा र ढुंगा समयमै उत्खनन गर्न नसके भारत धनी हुने औँल्याए। उनले सरकारले कानुनी जटिलता सहज बनाएर गिटी, बालुवा र ढुंगा उत्खनन गर्न सके हजारौँलाई रोजगारी र राज्यलाई अर्बौंको आम्दानी आर्जन हुने उल्लेख गरे।

उनले क्रसर उद्योगहरू पनि बन्द गरे हजारौँ नागरिक विदेश जानुपर्ने अवस्था आउनेतर्फ सरकारको ध्यानाकर्षण गराए।

सभापति सिंहले क्रसरको ठेक्का लिन मेयर र उपमेयरहरू नै अग्रसर रहेको भन्दै यस्तो कार्य तत्काल रोक्न आवश्यक रहेकोसमेत औँल्याए। उनले भने, ‘क्रसरको ठेक्का लिन मेयर उपमेयरहरूले सिकिसकेका छन्। यस्तो ठेक्का रोक्नुपर्छ। संसद्को समितिहरूमा विगतमा के भयो मतलब छैन। मेरो कार्यकालमा कुनै पनि बेइमानी गर्दिनँ।’