१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १५:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनसरीमा डुबेर दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४१:oo

सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ। 

आइतबार राति ८ बजे रामधुनी नगरपालिका– २ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर खेल्ने क्रममा घरनजिकै रहेको नहरमा डुबेर अचेत भएका थिए। उनको उपचारका लागि  जिल्ला अस्पताल इनरुवा लैजाना साथ डाक्टरले मृत घोषित गरेका थिए।

यसैगरी इटहरी उपमहानगरपालिका–४ मनकामना चोकमा रहेको ज्येष्ठ नागरिकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम– ७ का ५५ वर्षीय केशव नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।