१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:१२:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दार्चुलाको तिंकरमा पनि सशस्त्रको बिओपी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:१२:oo

दार्चुलाको व्याँस गाउँपालिका– १ स्थित छयाँलेक तिंकरस्थित चीनसँगको सीमानाकामा सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ । सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहालले शुक्रबार बिओपीको उद्घाटन गरेका छन् । 

यो बिओपी दार्चुला सदरमुकामबाट करिब एक सय १२ किलोमिटर उत्तरतर्फ पर्छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ५० गुल्म छाङरु दार्चुलाको मातहतमा स्थापना भएको बिओपी गुल्मबाट करिब ११ किलोमिटर दूरीमा छ । उत्तरी नाकामा सशस्त्र प्रहरीको यो नवौँ बिओेपी हो । 

यसअघि सशस्त्र प्रहरीले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोलासहित आठ ठाउँमा बिओपी स्थापना गरिसकेको छ । तिंकरमा स्थापना भएको बिओपीसहित चीनतर्फ नौ र भारततर्फ दुई सय ४३ गरी बिओपीको संख्या दुई सय ५२ वटा पुगेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

तिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा रहने बिओपी स्थापनाका लागि हेलिकोप्टरबाट १३ भदौमा आवश्यक बन्दोबस्ती र जनशक्ति पु¥याइएको थियो । सो बिओपीका लागि एउटा भवन निर्माण गरिएको छ । नयाँ स्थापना भएको बिओपीबाट छिमेकी मुलुकहरू भारतको नाभिडाङ र चीनको ताक्लाकोट बजारनजिकै पर्छ । सुरक्षाका दृष्टिकोणले पनि त्यहाँ बिओपी स्थापनाका लागि लामो समयदेखि पहल हुँदै आएकोमा दुर्गम ठाउँ भएकाले ढिलाइ भएको हो । 

बिओपी उद्घाटन कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल नं. ४३ रिजर्भ गण कैलाली तथा नं. ४४ गण दार्चुलाका गणपति, नं. ५० गुल्म छाङरुका गुल्मपति, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित प्रमुखहरू तथा स्थानीयको समेत उपस्थिति थियो । सशस्त्र प्रहरीले गोरखाको नाकामा पनि बिओेपी स्थापना गर्ने तयारी गरेको छ ।