१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विश्व शान्तिका लागि काम गर्न चीनलाई एमाले महासचिव पोखरेलको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३९:oo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले चिनियाँ नेताहरूलाई विश्व शान्ति स्थापनाका लागि दक्षिण एसियामा गरिबी निवारण कार्यक्रम र परियोजना सञ्चालन गर्न सुझाव दिएका छन्।

विश्व र दक्षिण एसियामा स्थायी शान्ति स्थापनामा चीनको भूमिका नेतृत्वदायी हुने उल्लेख गर्दै उनले त्यसका लागि चीनले गरिबी निवारणका लागि काम गर्नुपर्नेमा जोड दिएका हुन्।

बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय विदेश विभागमा शुक्रबार आयोजित अन्तर्क्रिया कार्यक्रममा महासचिव पोखरेलले चीनको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र चिनियाँ निर्माण व्यवसायीहरूले बनाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सीधा उडानका लागि आग्रह गरे।

उनले नेकपा (एमाले)का अध्यक्ष केपी ओली नेतृत्वको सरकारले १० वटा औद्योगिक क्षेत्र तोकेर देशलाई औद्योगीकरणमा लैजाने योजना बनाएको जानकारी दिँदै चिनियाँ उद्योगीलाई नेपालमा लगानीका लागि आग्रहसमेत गरे।

महासचिव पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव राष्ट्रपति सी जिनपिङको नेतृत्वमा नयाँ युगका लागि चिनियाँ विशेषतासहित समाजवाद स्थापनाका लागि सफलतापूर्वक अघि बढेको देख्दा खुसी लागेको बताए।

नेकपा (एमाले)ले पनि मार्क्सवादको नयाँ सिर्जनात्मक अभ्यास गरिरहेको बताउँदै पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टीले गरेको अभ्यास र एमालेले गरेको अभ्यासको आदान–प्रदानमा जोड दिए।