१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बाह्य लगानी भित्र्याउन छिट्टै लगानी सम्मेलन गर्छौँ : अर्थमन्त्री महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४६:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन्।

शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२औँ वार्षिकोत्सवको अवसर पारेर अर्थमन्त्रीले सो घोषणा गरेका हुन्। विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरूको लगानीसमेत नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्न लागिएको उनको भनाइ थियो।

नेपालमा पर्यटन, कृषि, जलविद्युत् र सूचना प्रविधिको क्षेत्रमा बजारको राम्रो व्यवस्था भएकाले यी क्षेत्रमा बाह्य लगानी भित्रिने अर्थमन्त्री महतको विश्वास छ। ‘आइटी सेक्टर बृहत् सम्भावनाको क्षेत्र हो। विदेशमा स्थापित आइटी सेक्टरका मेजर इन्भेस्टरहरूलाई हामीले ल्याउन सक्नुपर्दछ,’ उनले भने।

अर्थमन्त्री महतले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरू देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गरे। भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् बिक्रीको सम्झौता भएको उल्लेख गर्दै उनले चीनसँग पनि सोही प्रकारको सम्झौता गरिने बताए।