मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ २२ शुक्रबार
  • Tuesday, 01 September, 2026
२o८o भदौ २२ शुक्रबार १७:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी र सांसदबीच विवादपछि ताप्लेजुङमा तरुण दलको प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २२ शुक्रबार १७:३४:oo

प्रदेश सभा सदस्य खगेनसिंह हाङगामलाई प्रहरीले कुटपिट गरेको भन्दै ताप्लेजुङमा तरुण दलका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा  ढुंगामुढा गरेका छन्।

प्रहरीले गएराति हाङगामलाई कुटपिट गरेको भन्दै तरुण दलले जिल्लाका दुई प्रहरी बुथ तोडफोडसमेत गरेको छ। फुङलिङ बजारको वडा नं. ५ ट्याक्सी काउन्टर र तोक्मेडाँडामा रहेको प्रहरी बुथमा प्रदर्शनकारीहरूले तोडफोड गरेका हुन्। प्रदर्शन रोक्न प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। 

ललितपुर घर भएका कांग्रेस कार्यकर्ता पेमा लामालाई प्रहरीले कुटपिट गरेपछि सांसद हाङगामले बुझ्न खोज्दा प्रहरीसँग विवाद भएको हाङगामको सचिवालयका विश्वराज नाल्बाेले बताए। सुकेटारबाट फर्किएका लामा र प्रहरीबीच मिनीमेलाको छेउमा विवाद भएको उनको भनाइ छ।

प्रहरीले सांसदको निवासमा आक्रमण गर्ने, ढुंगामुढा गर्ने, अश्लील शब्द प्रयोग गर्नेजस्ता कार्य गरेको नाल्बाेको आरोप छ। घटनामा संलग्न प्रहरीलाई निलम्बन गर्नुपर्ने, शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग हाङगामको समूहले राखेको छ।

प्रहरीले भने सांसदको समूहले प्रहरीको हतियार खोस्न खोजेपछि विवाद भएको जनाएको छ। प्रहरीलाई हातपात गर्ने, लखेट्ने र हतियार खोस्नेजस्ता हर्कत गरेपछि विवाद भएको प्रहरी नायव उपरीक्षक राजन लिम्बूले बताए।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले यस विषयलाई गम्भीर रूपमा लिएको प्रतिक्रिया दिएकी छिन्।