१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
समाचार डिजिटल संस्करण

यस्तो छ कोशीका मुख्यमन्त्रीबारे सर्वोच्चले दिएको परमादेश

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३३:oo

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रिया संविधानविपरीत रहेको भन्दै सर्वोच्च अदालतले नियुक्ति बदर गरेको छ। 

मुख्यमन्त्री थापाको नियुक्ति खारेजीको माग गर्दै एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ६ भदौमा दर्ता गराएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले थापाको नियुक्ति बदर गरेको हो। 

सर्वोच्चले प्रदेश सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीको निर्णायक मतलाई संविधानसम्मत मान्न नमिल्ने भन्दै ठहर गरेछ भने प्रदेश सभाको सबैभन्दा ठूलो दलका नेतालाई ४८ घण्टाभित्र संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेशसमेत दिएको छ। यससँगै एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुने भएका छन्। 

यस्तो छ, अदालतको आदेश