१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तत्काल मुलुकमा वैदेशिक रोजगारको विकल्प छैन : मन्त्री भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२२:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभएको बताएका छन्। मन्त्री भण्डारीले वैदेशिक रोजगार पीडादायक भए पनि मुलुकको आर्थिक अवस्था कमजोर भएकाले त्यसको विकल्प नभएको बताएका हुन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयसम्बन्धी प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारमा नागरिकहरू जानुपर्ने बाध्यात्मक अवस्था भएकाले सरकारले उनीहरूलाई सम्मानित ढंगले गन्तव्य मुलुक पठाउने काम गरिरहेको दाबी गरे।

‘वैदेशिक रोजगार बाध्यात्मक अवस्था हो। यसको अर्को विकल्प तत्कालका लागि छैन। यो एकदमै पीडादायक अवस्था हो। तर, अहिलेको अवस्थामा मुलुकको जुन आर्थिक स्थिति छ त्यसले गर्दाखेरी तत्काल कुनै चमत्कार हुने अवस्था पनि छैन। रोजगार हुने स्थिति पनि छैन। तर, यसलाई सुरक्षित हिसाबले पुर्‍याउने, मर्यादित हिसाबले पुर्‍याउने र पछि उनीहरूलाई आफ्नो मुलुकमा फर्काएर यहाँ कसरी पुनर्स्थापना गराउने गरी राष्ट्रिय आप्रवासन नीति ल्याउने गृहकार्य गरिरहेका छौँ,’ उनले भने।

मन्त्री भण्डारीले वैदेशिक रोजगार कम्पनीबाट ठगी हुन नदिनका लागि सरकारले श्रम विभागमार्फत अनुगमनको काममा कडाइ गरिरहेको बताए।