१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘गुणस्तरीय तथ्यांक नहुँदा सरकारका योजना अपेक्षाकृत सफल भएनन्’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२९:oo

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले नेपालमा गुणस्तरीय तथ्यांक नहुँदा सरकारले बनाएका नीति, कार्यक्रम र योजनाहरू सफल हुन नसकेको बताएका छन्।

बिहीबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको सातौँ कृषि गणना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उपाध्यक्ष श्रेष्ठले सरकारले बनाउने हरेक नीति, योजना तथा कार्यक्रमहरू तथ्यांकमा आधारित भएर बनाउने भए पनि त्यसको गुणस्तर नुहँदा योजनाहरू विफल हुने गरेको उल्लेख गरे।

‘सरकारले तथ्यांकको आधारमा विभिन्न नीति र योजना बनाउँछौँ। हाम्रो मुलुकमा गुणस्तरीय तथ्यांक नहुँदा सरकारका नीति, कार्यक्रम र योजनाहरू सफल भएको पाएका छैनौँ,’ उनले भने।

उपाध्यक्ष श्रेष्ठले तथ्यांक गुणस्तरीय नहुँदा मुलुकमा अहिलेसम्म राज्यले गरेका योजना तर्जुमा, नीति र कार्यक्रमहरू लागू भए पनि अपेक्षाअनुसार प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको प्रस्ट पारे।