१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २१ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २१ बिहीबार १५:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुच्चे नक्साबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु सरकारको कर्तव्य : नेता नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २१ बिहीबार १५:o९:oo

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालले जारी गरेको चुच्चे नक्साबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु सरकारको कर्तव्य भएको बताएका छन्। 

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले संसदबाट पारित भएको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको नक्सा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने कर्तव्य भएको बताएका हुन्। 

नेता नेपालले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको नक्साबारे जानकारी गराउनु दायित्व पनि भएको उल्लेख गर्दै त्यसो गरे–नगरेको सम्बन्धमा सरकारलाई प्रश्नसमेत गरे। उनले यदि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको भए कुन रूपमा, कसरी गराइएको हो तत्कालीन परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए। 

परराष्ट्र सम्बन्धको सन्दर्भमा सरकारले आवश्यक ध्यान पुर्‍याउन नसकेको बताउँदै अध्यक्ष नेपालले परराष्ट्र सम्बन्धमा देखिएका कमी–कमजोरीहरूको समीक्षा गर्दै आगामी दिनमा दोहोरिन दिनु नहुने तर्क गरे।