१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २१ बिहीबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २१ बिहीबार १४:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्टीका सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुनुपर्छ : कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २१ बिहीबार १४:५o:oo

सत्तारूढ प्रमुख घटक कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ। 

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो सांघातिक आक्रमणमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन्। 

उनले सो घटनाबारे तत्काल संसद्लाई जानकारी गराउन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सचेत गराए। पार्टीका सहमहामन्त्री यादवको ज्यान मार्ने उद्देश्यले सो सांघातिक आक्रमण भएको जिकिर गर्दै प्रमुख सचेतक लेखकले त्यस घटनाप्रति निन्दा र भर्त्सना गर्दै त्यसको सत्यतथ्य विस्तृत रूपमा सरकारले छानबिन गर्नुपर्नेसमेत बताए। 

उनले भने, ‘यो आक्रमण हेर्दाखेरि प्रस्ट देखिन्छ– आक्रमणकारीको उद्देश्य ज्यान मार्ने नै उद्देश्य हो। र, यो ज्यान मार्नकै लागि गरिएको प्रहार अन्यन्तै क्रूरतापूर्ण, सांघातिक र बर्बर खालको जुन प्रहार भएको छ। सरकारलाई यसमा पक्राउ परेका दोषीलगायत अरू पनि मानिसको कहीँकतै संलग्नता छ भने सत्यतथ्य छानबिन गरी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस् भन्ने म कांग्रेस र संसदीय दलको तर्फबाट नेपाल सरकारसँग माग गर्न चाहन्छु।’

प्रमुख सचेतक लेखकले सरकारले सो घटनाबारे प्रतिनिधिसभाको अर्को बैठकमानै संसद्लाई जानकारी गराउनुपर्ने बताए।