१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका ओखलढुंगा
Invalid date format ११:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ओखलढुंगा
नयाँ पत्रिका
Invalid date format ११:२६:oo

ओखलढुंगामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन्। 

छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका– ८ च्यानम माझगाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो।

दुवैजनाबीच बुधबार बिहान सामान्य भनाभन भएको थियो। गोठबाट दूध लिएर घर फर्कँदै गरेका अधिकारीलाई कटुवालले धकेल्दा लडेर उनी घाइते भएका थिए। 

गम्भीर घाइते अधिकारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा अस्पताल पुर्‍याउना साथ उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए। 

प्रहरीले कटुवाललाई बुधबार साँझ पक्राउ गरेर घटनाबारे अनुसन्धान थालेको छ। रासस