मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १२ मंगलबार
  • Tuesday, 28 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २० बुधबार २१:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्रालय तानिएका जोशी नापी विभागको महानिर्देशकमै फर्काइए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २० बुधबार २१:२६:००

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी विभागको महानिर्देशकमा प्रकाश जोशीलाई पठाएको छ। मन्त्रालयले मंगलबार जोशीलाई विभागको महानिर्देशकका रूपमा पठाउने निर्णय गरेको हो। 

विभागमा कार्यरत जनकराज जोशीलाई फिर्ता बोलाएर मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले मन्त्रीस्तरीय निर्णयमार्फत प्रकाशलाई विभागको महानिर्देशकका रूपमा खटाउने निर्णय गरेकी हुन्। 

प्रकाश गत ८ पुससम्म विभागको महानिर्देशक थिए। त्यसैदिन मन्त्रालयले उनलाई मन्त्रालयमा कामकाजका लागि ल्याएर मन्त्रालयमा कार्यरत जनकराजलाई महानिर्देशकको जिम्मेवारी दिएको थियो। कामकाजमा मन्त्रालय ल्याइएकामा अहिले उनको काज फिर्ता गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ। 

‘प्रस्तुत विषयमा यस मन्त्रालयको (मा. मन्त्रीस्तर) मिति २०७९-०९-०८ को निर्णयअनुसार तपाईंलाई यस मन्त्रालयमा कामकाजमा खटाइएकामा यस मन्त्रालयको (मा. मन्त्रीस्तर) मिति २०८०-०५-१२ को निर्णय अनुसार नापी विभागमा कामकाज गर्न खटाइएकामा तपाईंलाई पदाधिकार रहेकै निकाय तहाँ विभागमा काज फिर्ता गरिएको व्यहोरा (मा. मन्त्रीस्तर) २०८०-०५-१९ को निर्णयअनुसार अनुरोध छ,’ मन्त्रीस्तरीय निर्णयमा भनिएको छ। 

प्रकाशलाई पुनः विभाग पठाएपछि मन्त्रालयले जनकराज जोशीलाई जग्गा व्यवस्थापन तालिम केन्द्रमा खटाएको छ।