१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस सहमहामन्त्री यादवको आइसियूमा उपचार जारी, स्वास्थ्य अवस्था स्थिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:१८:oo

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका पार्टीका सहमहामन्त्री महेन्द्र यादवको ट्रमा सेन्टरको आइसियूमा राखेर उपचार भइरहेको छ। 

आज साँझ साढे ५ बजे एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले चिकित्सकको निगरानीमा आइसियूमा राखेर उपचार गरिरहेको जनाएका छन्।

विज्ञप्तिका अनुसार सहमहामन्त्री यादवलाई आज दुई बजेर २० मिनेटमा अस्पताल पुर्‍याइएको थियो। उनको टाउकोको पछिल्लो भाग तथा गर्धनमा खुकुरी प्रहार भएको थियो। जसकारण गहिरो घाउ भई रक्तस्राव भएको डा. रिजालले उल्लेख गरेका छन्। 

सिटिस्क्यान गर्दा हालसम्म आन्तरिक चोट नदेखिएको विज्ञप्तिमा उल्लेख छ। ‘उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्युरो सर्जरी-अर्थोपेडिक सर्जरीका विज्ञ डाक्टरहरूद्वारा अपरेसन गरी रक्तस्राव रोकिएको र घाउमा टाँका लगाइएको छ,’ विज्ञप्तिमा भनिएको छ। 

त्यसपछि उनलाई आइसियूमा राखिएको हो। उनको स्वास्थ्य अवस्था स्थिर रहेको पनि अस्पतालले जनाएको छ। 

यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा एक व्यक्तिले खुकुरी प्रहार गरेका थिए। आक्रमणमा संलग्न नुवाकोट विदुर नगरपालिका– ७ का श्याम सापकोटालाई प्रहरीले पक्राउ गरिसकेको छ।