१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले र एकीकृत समाजवादीमा जान सक्छु, माओवादीमा जान्नँ : वामदेव गौतम

उमेरहद संविधानविरोधी रहेको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o३:oo

पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले आफू एमाले वा एकीकृत समजवादी पार्टीमा जान सक्ने भए पनि माओवादी केन्द्रमा जान नसक्ने बताएका छन्।

जनयुद्धकालमा राम्रा र नराम्रा दुबै काम भएको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका पीडितका घरघरमा पुगेर माफी नमागेसम्म आफूले माओवादी पार्टीको सदस्यता लिन नसक्ने बताएका हुन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गौतमले भने, ‘जनयुद्धकालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए । राजनीतिक व्यक्तिहरूको हत्या गरियो, त्यसलाई मार्क्सवाद भन्छन्, भन्दैनन् । कमरेड प्रचण्डले पीडितका घरमा राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिनँ।’

यद्यपि, कम्युनिस्टहरूको संयुक्त रूपमा एउटै पार्टी बनाउने हो भने त्यसमा जान असहमति नरहने उनको आशय थियो।

फरक प्रसंगमा गौतमले एमालेमा ७० वर्षे उमेरहद संविधानको धारा २४ को विरुद्धमा रहेको जिकिर गर्दै सो प्रावधान हट्नै पर्ने भए पनि नहटाइएको बताए। ‘उमेर हद भनेको यो संविधानको धारा २४ को विरुद्धमा छ। त्यो व्यवस्था उँच, निच, छुवाछुत, जातिपाती, शारीरिक अवस्थामा भेदभाव गर्नेलाई दण्डनीय भनिएको छ। उमेर हद नेपालको संविधानविरोधी छ, त्यो हट्नैपर्छ।’